पौडेल हत्याको विरोधमा बुटवलमा यातायात बन्द, हत्यारालाई कारवाहीको माग

जनबाटो संवाददाता । पौष २१–रुपन्देहीको देवदह निवासी बसन्त पौडेललाई गोली हानी हत्या गरिएको विरोधमा बुटवलमा यातायात बन्द भएको छ । देवदहका स्थानीय नेता निलकण्ठ पौडेलका छोरा बसन्त पौडेलको आज विहान ११ बजे देवदहमा गोली हानी हत्या गरिएपछि त्यसको विरोधमा यातायात बन्द भएको हो ।

हत्याको जिम्मा मनोज पुनले लिइसकेका छन् । मृत्यु गरिएका पौडेलको टाउकोमा लागी उपचारका लागि लुम्बिनी अञ्चल अस्पतालमा पुर्याइएको भएपनि मृत्यु भइसकेको थियो ।

गोली हाने लगत्तै मनोज पुनले आफुले हानेको भनी सञ्चारकर्मीलाई जानकारी दिएका थिए । केही बर्ष अघि देवदहमा नै एमाले युवा संघका नेता दुर्गा अधिकारीलाई उक्त समूहले नै गोली हानी हत्या गरेको थियो । अहिले पौडेलको शव लुम्बिनी अञ्चल अस्पतालमा रहेको छ ।
फोटो–शिव डुम्रे