पत्रकार महासंघको नबनिर्मित भबन तथा १३ औ साधारण सम्पन्न पत्रकारिता क्षेत्रमा राज्यले अकुश लगाउन खोज्नु लोकतन्त्रको प्रहार भएको केन्द्रिय अध्यक्ष आचार्यको भनाई

 

 

 

 

 

 

 

अनिल नेपाली
अर्घाखाँची १५ पौष

नेपाल पत्रकार महासंघका केन्द्रिय अध्यक्ष गोविन्द आचार्यले प्रेस माथि अकुश लगाउनु लोकतन्त्र माथि प्रहार भएको बताउनुभएको छ । राज्यको चौथो अङ्गलाई अन्य अङ्ग सँग मिसाउन नहुने भन्दै पत्रकार महासंघको पत्रकारको हक हित लोकतन्त्रको पक्षमा निरन्तरमा लड्ने बताउनुभएको छ ।

नेपाल पत्रकार महासंघ अर्घाखाँचीको नबनिर्मितको भबन तथा १३ औ साधारण सभा एक कार्यक्रमका बीचमा सन्धिखर्कमा सम्पन्न भएको छ । नबनिर्मित भबनको रिवन काटी केन्द्रिय अध्यक्षले उद्घाटन गर्नुभएको छ । नबनिर्मित भबन तथा १३ औ साधारण सभाको उद्घाटन गदै केन्द्रिय अध्यक्ष गोविन्द आचार्य नेपालको हरेक आन्दोलनको पक्षमा पत्रकारको ठूलो भूमिका रहेको भन्दै पत्रकार कै ठूलो बलले नै नेपालमा परिवर्तन भएको भन्दै परिवर्तनको पक्षमा लाग्न सबै लाई आग्रह गदै सञ्चार जगत बलियो बने मात्र स्थानीय सरकार देखि केन्द्रिय सरकार बलियोे हुने बताउदै केन्द्रिकृत शासन स्थानीय तहमा आए पनि पत्रकार लाई राज्यले फेरबदल गर्न नसके बताउदै प्रेस माथि अकुश लगाउन खोजे सरकारको पतन सुरु हुने बताउदै पहाडी जिल्लामा अर्घाखाँची इतिहास बोकेको जिल्ला जनपक्षीय पत्रकार कृष्ण सेन इच्छुक जस्ता जन्मथलो बोकेको जिल्ला भएको हुदा विशेष महत्व राखेको बताउदै पत्रकारको हक हितको लागि आफु दित चित भएर लाग्ने बताउदै सरकारले छिट्टै समानुपातिक विज्ञापन प्रणाली छिट्टै नै लागु गर्न लोककल्याकारी विज्ञापनको लागि निरन्तरमा लड्ने बताउनुभएको थियोे कार्यक्रममा मन्तब्य राख्दै पत्रकार महासंघका केन्द्रिय बरिष्ठ उपाध्यक्ष विपुल पोख्रेल ले पत्रकारिता लाई सघिय संरचना अनुसार फराकिलो बनाउनुपर्नेमा जोेड दिदै परिवर्तनको पक्षमा एक भएर लाग्नुपर्नेमा जोड दिनुभएको थियो कार्यक्रममा न्युतम पारिश्रमिक निर्धारण समितिका अध्यक्ष गंगाधर पराजुली मन्तब्य राख्दै श्रमजिबी पत्रकारलाई राज्यले पारिश्रमिक निर्धारण गरे पनि केही प्राविधिक कारणले लागु हुन नसकेको बताउदै छिट्टै नै लागु हुने बताउनुभएको थियो कार्यक्रममा यसरी मन्तब्य राख्नेमा प्रदेश सभा सदस्य जालपा भुसाल निर्मला क्षेत्री पत्रकार महासंघका ५ न अध्यक्ष मौसम रोकाहा सस्थापक अध्यक्ष विष्णु प्रसाद भुसाल प्रदेश सदस्य शोभाखर पन्थी जिल्ला समन्वय समितिका सभापति पिताम्वर शर्मा भुसाल सन्धिखर्क नगरपालिका का.वा नगर प्रमुख ठाकुर कुमार वि.क किशोर सिंतगंगा नगरपालिका नगर प्रमुख सूर्य प्रसाद अघिकारी भुमिकास्थान नगरपालिका नगर प्रमुख रेशम थापा मालारानी गाँउपालिका अध्यक्ष बालकृष्ण आचार्य छत्रदेब गाँउपालिका अध्यक्ष लेखनाथ आचार्य प्रमुख जिल्ला अघिकारी प्रेमलाल लामिछाने जिल्ला स्थित राजनितिक दलका नेताहरुले कार्यक्रममा मन्तब्य राख्दै पत्रकारीताको विकासको कोसेढुङ्गगा सावित भएको बताउदै निरपक्ष अन्याय अत्याचार भ्रष्टाचारको विरुदमा कलम चलाई परिवर्तन पक्षमा लाग्न आग्रह गरेका थियो कार्यक्रमा पत्रकारितामा परिवर्तन ल्याउनको लागि सहयोग गरेको भन्दै निर्माण व्यबसायी नारायण प्रसाद बन्जाडे पत्रकार महासंघका केन्द्रिय सदस्य लेखनाथ न्यौपाने पत्रकार महासंघका ५ न सदस्य शोभाखर पन्थी प्रेमनारायण आचार्य असोक खनाललाई सम्मान गरिएको थियो कार्यक्रम पत्रकार महासंघका अध्यक्ष हिम ब जि.सी लेकालीको अध्यक्षता सचिब सूर्य भुसालको सञ्चालन उपाध्यक्ष गणेश खनालको स्वागत मन्तब्यमा सम्पन्न भएको थियो । कार्यक्रममा केन्द्रिय सदस्य बसन्त गिरी जिल्ला स्थित पेशागत संगठनका प्रमुखको आतिथ्यतमा रहेको थियोे