विचारधारात्मक बहस चलाउँदै क्रान्तिकारी धु्रवीकरण गर्नुपर्छ : रोशन जनकपुरी

(जनयुद्धकालीन माओवादी नेता रोशन जनकपुरी यतिबेला कुनै पनि माओवादी धारमा हुनुहुन्न । नेपालमा क्रान्ति कुनै पनि हालतमा सम्पन्न गर्नुपर्छ, त्यसका लागि क्रान्तिकारी ध्रुवीकरण पहिलो शर्त हो भन्ने विचार राख्नुहुने रोशन जनकपुरीसँग रातोखबर साप्ताहिकका झनक श्रेष्ठ र भीम चापागाईंले गर्नुभएको समसामयिक कुराकानीलाई यहाँ प्रस्तुत गरिएको छ–सं.)

समकालीन नेपाली राजनीतिलाई कसरी हेरिरहनु भएको छ ?
हामी एउटा चरण पार गरेर अर्को नयाँ चरणमा गइराखेका छौँ । नेपाली समाजमा थुप्रै प्रश्नहरू समाधान हुन बाँकी छन् । नयाँ सम्भावना जन्मेका छन् । नेपाली राजनीतिमा पुरानोलाई टेकेर नयाँ चीज जन्मिरहेको मैले महसुस गरेको छ ।

एमाले र माकेका बीचमा एकताको होहल्ला भइरहेको सन्दर्भमा यसले नेपाली कम्युनिस्ट आन्दोलनमा कस्तो प्रभाव पार्ने देख्नुहुन्छ ?
नयाँ विश्व परिदृश्य हेर्ने हो भने पनि नयाँ यसप्रकारका वाम गठबन्धन कुनै नयाँ कुरा होइनन् । नेपालमा भइरहेको वाम गठबन्धन आपैmँमा एउटा लचिलो राजनीतिक चित्र हो । लेनिनले यस प्रवृत्तिलाई विचारधारात्मक रूपमा बालरोग÷लफ्फाजी भन्नुहुन्थ्यो । नेपालमा यस्तो प्रवृत्तिको उपस्थिति रहिआएको छ; जसले आफैलाई कम्युनिस्ट वा माक्र्सवादी भन्न पनि छुटाउँदैनन् । वास्तवमा ऊ माक्र्सवादी हुँदैन । यो प्रवृत्ति दक्षिणपन्थी अवसरवाद नै हो । यो कम्युनिस्ट आन्दोलनको पतनोन्मुखको स्थितिमा पुगेको अवस्था पनि हो । यसले नेपाली कम्युनिस्ट आन्दोलनमा केही भ्रम सिर्जना त गर्छन् नै, तर एउटा यसले के काम गरेको छ भने लामो समयदेखि रहेको “यिनीहरू पनि कम्युनिस्ट नै हुन् कि” भन्ने भ्रमलाई चिरेको छ । अवश्य पनि नेपालमा यसले क्रान्तिकारीहरूलाई बाटो खुल्ला गरिदिएको छ ।

नेपालको माओवादी आन्दोलनमा प्रचण्ड–बाबुरामहरूको पछि हटाइको खास कारण के होला ?
बाबुरामजीको हटाइ कुनै नयाँ चीज होइन । उनको यो प्रवृत्ति युद्धकालमै देखिएको हो । युद्धकालमा पनि विचारधारात्मक संघर्ष भइरहेको थियो । त्यतिबेला जनवादी गणतन्त्र वा नयाँ जनवादी राज्यव्यवस्था, लोकतान्त्रिक गणतन्त्रबीचको संघर्ष थियो । त्यो संघर्षमा नै उनी स्पष्ट भइसकेका थिए । अहिले आएर उनलाई लागेको छ, माक्र्सवादभित्र मेरो भुमिका छैन भन्ने लागेर उनले त्यहीखालको जमात खडा गरेका छन् । कम्युनिस्ट पार्टीभित्र एउटा भ्रम स्पष्ट भएको । अब उनी माक्र्सवादी नै रहेनन् । माक्र्सवादी चिन्तनको हिसाबले अब उनी बहसको केन्द्र पनि हुन सक्तैन । उनको बारेमा धेरै बहस गर्न विल्कुल आवश्यकता छैन । जसले नेपाली क्रान्तिलाई, नेपाली समाजको आमूल परिवर्तनका लागि,नयाँ संघर्षका कसीहरू खोजिरहेका छन्, उनीहरूका लागि बाबुरामको बहसको जरुरी छैन । साथै, प्रचण्ड सामान्यतया अहिलेसम्म आफुलाई माक्र्सवादी भनिरहेका छन् तर उनले पनि माक्र्सवादकै गला रेटिरहेका छन् । त्यसकारण उनीबारे बहस गर्न सकिन्छ । परिणामतः त्यही हो उनको पनि जाने थलो बाबुरामकै ठाउँमा हो । विश्व इतिहासमा के देखिरहेका छौँ कि पतन भएका थुपै्र कम्युनिस्टहरूले पनि ब्यानर कम्युनिस्टकै झुन्ड्याएर बसिरहेका छन् । उनीहरू कानुनी माक्र्सवादी भएर बस्न सक्छन् । क्रान्तिकारीहरूले तिनको भ्रम चिर्नलाई आफ्नो शक्तिको प्रयोग गर्नैपर्छ । यसलाई वैचारिक शक्तिले परास्त गर्नुपर्दछ ।

समाजभित्र भइरहेको परिवर्तनहरूलाई ठीकसँग बुझ्न नसक्नु, राष्ट्रिय राजनीति र अन्तर्राष्ट्रिय राजनीतिमा भइरहेका परिवर्तनहरू र तिनका बीचमा तालमेलका साथै, अन्तर्विरोध ठीकसँग बुझ्न नसक्नु नै यसको मुख्य कारण हो । कम्युनिस्ट आन्दोलनमा यान्त्रिकता छ । कम्युनिस्ट आन्दोलनमा समाजको विकास गतिलाई ख्याल गर्नुपर्दछ । समाजमा उस्तै–उस्तै देखिने तर केही फरक र नयाँ हुने परिस्थितिको हामीले मिहीन ढंगले अध्ययन गर्नुपर्दछ ।

नेपालको परिवर्तनकारी शक्ति तराई–मधेस क्षेत्रमा त्यति प्रभावकारी उपस्थिति नदेखिनुको कारण के होला ?
आमुल परिवर्तनकारी शक्ति तराई–मधेसमा पहिलेदखि नै अलि कमजोर नै थियो । यद्यपि जनयुद्धले ग्रामीण क्षेत्रहरूमा आफ्नो आधारक्षेत्र निर्माण गरेको थियो । यद्यपि तराई–मधेसका सहरी क्षेत्रहरूमा क्रान्तिकारीहरूले आधार बनाउन सकेनन् । सहरी क्षेत्रमा रहेको परम्परागत “मूलधार”लाई हिट गर्न सकेन । उसले तराई–मधेसका सहरी क्षेत्रहरूमा आधार बनाउन सकेन । समग्र नेपालकै स्थिति हेर्दा ग्रामीण क्षेत्रका जनयुद्धले एउटा प्रभाव त जमायो तर सहरी क्षेत्रमा प्रभाव जमाउन सकेन । क्रान्तिकारी शक्ति धेरै कमजोर अवस्थामा अहिले तराई रहेको छ । त्यहाँ सबभन्दा ठूलो समस्या भनेको विचारधारात्मक समस्या हो । माओवादीहरूले युद्धकाल र पछि पनि तराई–मधेसमा स्वायत्तता, आत्मनिर्णय र क्षेत्रीय हितका कुरा उठाएका थिए । यसलाई माओवादी आन्दोलनभित्र समेट्ने कोसिस गरेका थिए । वर्गसंघर्षसँग संघीय, जातीय एजेन्डालाई समायोजन गर्ने काम भइरहेको थियो, पछि माओवादीहरूकै अनभिज्ञता र अनुभवविहीनताका कारण आफ्नो एजेन्डा फुत्कियो । तराई–मधेसका पारम्परिक राजनीतिक संसदीय शक्तिहरूले ती एजेन्डाहरू पक्रे, क्यास गरे । माओवादीले समग्र आन्दोलनमा समेट्न खोजिरहेको एजेन्डालाई अन्ततः संकीर्ण जातियतामा परिणत गरियो । त्यो आन्दोलन जसरी वर्गसंघर्षमा जानुपर्दथ्यो, गएन । माओवादीले तराई–मधेसका उत्पीडितवर्गको प्रश्न उठाइरहेका थिए, तर मधेसवादीहरूले त्यो वर्गीय विचारलाई अमूर्त बनाए र तराई–मधेसको नाममा कटुता सिर्जना गरे । तराई–मधेसको नाममा “मधेसवाद” जन्माइयो । “मधेसवाद” आपैmँमा अमूर्त शब्दावली हो । यो शब्दावली प्रयोग गरेर अभिजातीय वर्ग अर्थात् पुरानै शासकवर्गको हातमा सत्ता पुर्याउने खेल गर्न थालियो । माओवादीहरूले समग्रमा हार्दिक सम्बन्ध बढाउने कोसिस गरिरहेका थिए; वर्गस्वार्थको आधारमा भावनाहरूको विकास गरेर एउटा केन्द्रीय शासनमा एकीकृत रूपमा लैजाने कोसिस गरिरहेका थिए । तर त्यसको ठीक उल्टो भयो । आखिर केन्द्रीय शासनले जुन चाहेको थियो, सबैलाई फुटाऊ र शासन गर, मधेसवादी राजनीति गर्नेहरूले त्यही गरे । तिनले संकीर्ण राष्ट्रवादलाई प्रश्रय दिए । तसर्थ, तराईको सन्दर्भमा भन्नुपर्दा केन्द्र र क्षेत्रमा तालमेल नमिल्नुको कारण राष्ट्रियताको विषयमा खोक्रो नारा बन्नु हो । सीमा क्षेत्रहरूमा पिलर सार्ने मात्र समस्या होइन, किसानको जग्गा नै हडप्ने गरी सीमा अतिक्रमण भएको छ । भारतीय ज्यादतीले पराकाष्ठा नाघेको छ ।

नेपालको राष्ट्रिय स्वाधीनता अहिले सबैभन्दा संकटमा छ । भुमण्डलीकृत सांस्कृतिक साम्राज्यवादले असाध्यै घेराबन्दी गरिरहेको यतिबेलामा राष्ट्रिय स्वाधीनताको लडाइँ व्यवस्थित तरिकाले उठ्न नसक्नुमा खास कारण के देख्नुहुन्छ ?
समाजभित्र भइरहेको परिवर्तनहरूलाई ठीकसँग बुझ्न नसक्नु, राष्ट्रिय राजनीति र अन्तर्राष्ट्रिय राजनीतिमा भइरहेका परिवर्तनहरू र तिनका बीचमा तालमेलका साथै, अन्तर्विरोध ठीकसँग बुझ्न नसक्नु नै यसको मुख्य कारण हो । कम्युनिस्ट आन्दोलनमा यान्त्रिकता छ । कम्युनिस्ट आन्दोलनमा समाजको विकास गतिलाई ख्याल गर्नुपर्दछ । समाजमा उस्तै–उस्तै देखिने तर केही फरक र नयाँ हुने परिस्थितिको हामीले मिहीन ढंगले अध्ययन गर्नुपर्दछ । हिजोको अवस्थामा मान्छे एउटै वर्गमा जन्मन्थ्यो, हुर्कन्थ्यो र मथ्र्यो तर अहिले त्यो अवस्था छैन । एउटै मान्छे एक वर्षभित्रमा तीनवटा वर्गमा रूपान्तरित भएर आएको हुन्छ । कहिले ऊ साना किसान हुन्छ, कहिले मजदुर भइरहेको हुन्छ, कहिले सहरमा गएर रिक्सा चलाउँदै सहरिया मजदुरमा परिणत भएको हुन्छ, कहिले ऊ मझौला किसान हुन्छ । वर्गस्वार्थमा नयाँ किसिमका अन्तर्विरोध पैदा भइरहेका हुन्छन् । नयाँ–नयाँ कडीहरू जन्माइरहेका हुन्छन् । यी कडीहरूलाई हामीले पक्रन सक्नुपर्दछ । यतिबेला विश्व राजनीति एउटा सेटमा बगिरहेको छ । जब प्रतिक्रियावादी शासकवर्ग अमेरिकाले जे सोंच्छ, त्यही काम गर्छ । नेपालमा बसेर राष्ट्रिय स्वाधीनताका किताब पढिरहेका बुद्धिजीवीहरू यथार्थमा अमेरीकन पुँजीपतिको स्वार्थप्रेरित हतियार भइरहेका हुन्छन् । मानौँ संसार एउटा देश हो । अमेरिका एउटा राजधानी हो, ब्रिटेनहरू, रसियाहरू, चीनहरू, भारतहरू अमेरिकाका क्षेत्रहरू हुन् र नेपालजस्ता देश जिल्लाहरू भएजस्तो राष्ट्रपति अमेरिकाको ट्रम्पजस्तो अनि नेपालको प्रधानमन्त्री एउटा सीडीओ भएजस्तो सेटमा संसार चलिरहेजस्तो छ । क्रान्तिकारीहरूका लागि स्वाधीनताको प्रश्न व्यापक बहसको विषय हो । नेपाली संसदीय राजनीति फासिवादी चरित्र हावी हुँदै गइरहेको यतिबेला क्रान्तिकारी शक्तिको चौतर्फी भूमिका बढेर गएको छ ।

संसद्वादीहरू धु्रवीकृत हुँदै गएको यतिबेला क्रान्तिकारी धु्रवीकरणको आवश्यकतालाई कसरी हेर्नुहुन्छ ?
समकालीन नेपाली राजनीतिमा क्रान्तिकारी विरासत वैद्यजी र विप्लव कमरेडहरूले बोकिरहनु भएको छ । माओ दिवसका सन्दर्भमा प्रेषित संयुक्त विज्ञप्तिलाई सकारात्मक मान्नुपर्छ । क्रान्तिकारीहरू धु्रवीकृत हुनु आवश्यक छ, एउटा क्रान्तिकारी केन्द्र हुनु आवश्यक छ र हुनु पनि पर्छ । नेपालका क्रान्तिकारी विचारहरू छरिएका छन् । यहाँ कोही ठाउँको लिएर हिँड्दैछ, कोही खुट्टा लिएर हिँड्दैछ, कोही पाखुरा लिएर हिँडिरहेको छ । क्रान्तिकारीहरूको जुन महामानव छ, त्यो पुरै टुक्रा–टुक्राको स्थितिमा छ । त्यसलाई हामीले जोड्नुपर्छ । विचारधारात्मक बहस चलाउँदै र केही साझा काम गर्दै क्रान्तिकारी धु्रवीकरणलाई तीब्रता दिनुपर्दछ । विमर्शका अनेकौँ विषय छन् । जनयुद्धकालले एउटा परिस्थिति जन्माएको थियो । त्यसले सकारात्मक परिणाम पनि दिएकै हो । सबैले साझा चीजहरू खोजिरहेका थिए, साझाहरू एक हुँदै पनि थिए, साथै फरकहरू विमर्शहरूमा रहिरहेका थिए । लामो समय विमर्श बढ्यो तर सँगसँगै क्रान्तिकारी साझा कामहरू पनि अगाडि बढ्यो । एउटा हार्दिकता जन्माउने र नयाँ ठाउँमा पुर्यायो र विचार पनि एक भएर आयो र त्यसले एउटा क्रान्ति जन्माइदियो । २०४८ देखि २०५१ सम्म त्यही त भएको हो नि ! वैद्यजीहरूमा सांगठनिक यान्त्रिक छ, विप्लवजीहरूमा पनि केही सीमा रहेका हुन सक्छन् । नेपालमा सबै कुरा मिलाउँदै सर्वहारा कम्युनिस्ट आन्दोलन हाँक्नुको विकल्प छैन । अहिले नेपालमा माओवादी आन्दोलनले एउटा चरण पार गरेको छ । बहसका आधारमा साझा मुद्दाबाट धु्रवीकरणको प्रक्रियाबाट जानुको विकल्प छैन । हामीले एउटा नयाँ चरण सुरु गर्नुपर्दछ । आशावादी छु, नेपाली कम्युनिस्ट आन्दोलनभित्र एउटा नयाँ स्थिति जन्मन सक्छ । त्यो वैद्यबाट पनि हुन सक्छ, त्यो विप्लवबाट पनि हुन सक्छ । त्यो पहाडबाट पनि आउन सक्छ । त्यो तराईबाट पनि आउन सक्छ । त्यो यसले नयाँ शिरातर्पm जन्माइदिने स्थिति छ ।

नेपाली क्रान्तिको पूर्णताका लागि क्रान्तिकारी शक्तिहरूले आफूलाई कुन कुन भुमिकामा उभ्याउनुपर्छ ?
घर ढलिरहेको बेला, छानाहरू ढलिरहेको बेला मान्छेहरू कि त भाग्छन् या हात लगाएर छत थाम्ने कोसिस गर्छन् । क्रान्तिकारी शक्तिहरू अहिले पाइलामुनिको जमीन बचाउन लागिरहेका छन् । यो अवस्थामा सबैले सोच्नुपर्दछ । क्रान्तिकारीवृत्तमा एउटा हार्दिकतामा जन्माउनुपर्दछ । एउटा च्यालेन्ज अवश्य छ । क्रान्तिकारी जागृति जो बचाइरहेको छ, त्यसलाई अगाडि बढाउनुपर्ने आवश्यकता छ । नयाँ कोर्स सुरु हुनेवाला छ । हामीहरू आफ्नो भुमिका गर्नुपर्छ ।
(साभार– रातोखबर साप्ताहिक )