लेनिन श्रमजीवी वर्गका महान नेता हुनुहुन्थ्यो : गोर्की

म्याक्सिम गोर्की
भ्लादिमिर लेनिनको मृत्य भयो । लेनिनको रुपमा संसारमा यस्तो व्यक्तिको क्षति सहनुपरेको छ । “जो आफुना समकालीन महापुरुष मध्ये सबैभन्दा तेजिला महाप्रतिभा थिए, भन्ने कुरा दुश्मनको अखडाबाट समेत कतिपय व्यक्तिहरुले इमानदारी साथ स्वीकार गरेका छन् ।
उहाँको बारेमा मेरा सबै लेख बडो पीर परेको अवस्थामा लेखिएका हुन् र राम्रा छैनन् । केही कुरा जहाँसम्म मलाई लाग्छ, सबैले बुझेन शिष्टताको कारणले मैले लेख्न सकिनँ । उहाँ सुक्ष्मदर्शी मैले लेख्न सकिनँ । उहाँ सुक्ष्मदर्शी तथा बडो बुद्धिमान मानिस हुनुहुन्थ्यो र भन्छन्–“धेरै बुद्धिमान, धेरै दुःख ।”

उहाँ निकै अगाडी देख्न सक्नुहुन्थ्यो । सन् १९१९–१९२१ का सालहरुमा मानिसहरुबारे गुन्दा अथवा कुरा गर्दा केही बर्षपछि उनीहरु कस्ता हुनेछन् भन्ने कुरा प्रायः ठीक ठीक भनिदिनुहुन्थ्यो । उहाँले औल्याइदिनु भएको भविष्यको कुरामा विश्वास गर्ने चाहना सधै हुन्थ्यो भन्ने होइन, कैयौं पटक यो पीर लाग्दो पनि हुन्थ्यो तर दुःखको कुरा छ कतिपय मानिसहरुबारे उहाँले दिनुभएको निराशाजनक चित्रण सत्य सावित भएको छ । उहाँका बारेमा मेरो संस्मरण नराम्रोसंग लेखिएका मात्र होइनन्, सिलसिला पनि मिलेको छैन र बीच–बीचमा निकै छुट पनि रहन गएको छ । मैले लन्डन महाधिवेशनबाट सुरु गर्नुपर्ने थियो । जसबेला केही व्यक्तिहरुको शंका र अविश्वास तथा केहीको खुला दुश्मनी मात्र के भनौं अझ घृणाको पनि भेलमा उहाँलाई स्पष्टसंग देख्ने मौका मैले पाएँ ।

यसभन्दा अघि मैले लेनिनलाई भेटेको थिइनँ । उहाँका कृतिहरु पनि धेरै पढेको थिइनँ । हुन त पढ्नुपर्ने हो तर जे जति पढ्न भ्याएको थिएँ, त्यसले र साथीहरुका निकै श्रद्धापूर्ण वर्णनले म उहाँतिर बेसरी तानिएको थिएँ । जब हाम्रो चिनापर्ची गराइयो, उहाँले मेरो हात दरिलोसंग दबाउनुभयो र तिखा आँखाले मलाई केलाउँदै चिरपरिचत व्यक्तिले झै ठट्यौली स्वरमा भन्नुभयो– “बेस भयो, तपाई आउनुभयो । तपाईलाई लडाई त मनपर्छ ? यहाँ ठूला घम्साघम्सी हुनेछ ।”

आजसम्म पनि लण्डनको एकछेउमा अवस्थित हाँसो लाग्दो किसिमले भद्दा देखिने काठको चर्चका नाङ्गा भित्ताहरु म राम्रोसंग सम्झन्छु । गरिब पाठशालाका विद्यार्थीहरु पढ्ने कोठाजस्तै सानो साँघुरो कोठा, त्यसका धर्के झयालहरु अहिले पनि मेरा आँखा अगाडी नाँचिरहन्छन् । यो घर बाहिरबाट हेर्दा मात्र चर्च जस्तो देखिन्थ्यो, भित्र भने पुजा आदिका सरसामग्रीहरुको नाउँसम्म पनि थिएन, पुजारीको सानो टेबुलसम्म पनि कोठाको माझमा नराखिएर कोठाभित्र जाने दुईवटा ढोकाका बीचमा ठड्याइएको थियो ।

यसभन्दा अघि मैले लेनिनलाई भेटेको थिइनँ । उहाँका कृतिहरु पनि धेरै पढेको थिइनँ । हुन त पढ्नुपर्ने हो तर जे जति पढ्न भ्याएको थिएँ, त्यसले र साथीहरुका निकै श्रद्धापूर्ण वर्णनले म उहाँतिर बेसरी तानिएको थिएँ । जब हाम्रो चिनापर्ची गराइयो, उहाँले मेरो हात दरिलोसंग दबाउनुभयो र तिखा आँखाले मलाई केलाउँदै चिरपरिचत व्यक्तिले झै ठट्यौली स्वरमा भन्नुभयो– “बेस भयो, तपाई आउनुभयो । तपाईलाई लडाई त मनपर्छ ? यहाँ ठूला घम्साघम्सी हुनेछ ।”
मैले लेनिनलाई यस्तो हुनुहोला भन्ने सोचेंको थिइनँ । मलाई उहाँमा के त हो नपुगेको जस्तो लाग्यो–अप्ठ्यारो किसिमको उच्चारण, हात कता काखीमुनिका घुसारिएका, अलि बाङ्गो छाँटले उभिएका । साँच्ची भन्ने हो भने उहाँ असाध्यै साधारण देखिनुहुन्थ्यो, नेतागिरीपनाको पनि आभाष हुँदैनथ्यो । आफू साहित्यकार भएकोले र आफ्नो व्यवसायको नाताले स–सानो कुरा पनि खोजीनीति गरी हेर्ने मेरो बानी छ । कहिलेकाँही त वाक्क पनि लागेर आउँछ । जब म गेभा प्लेखानोभ कहाँ पुर्याइएको थिएँ, उनी छातीमा दुबै हात बाँधेर उभिएका थिए, उनको हेराई कडा र उराठ लाग्दो थियो, त्यसरी नै हेरिरहेका थिए । जसरी आफ्नो कामले पट्याएको अध्यापक अर्को थपिन पुगेको नयाँ विद्यार्थीहरुलाई हेर्दछ । उनले बडो चल्तीको वाक्य दोहोर्याइदिए । “म तपाईको प्रतिभाको पुजारी हुँ ।” यसवाहेक मेरो सम्झनामा अट्न सक्ने केही भएनन् र महाधिवेशनको समयभरी नै न उनलाई न त मलाई नै आत्मीय कुराकानी गर्ने इच्छा लाग्यो ।

तालु खुईलेका, अलि अप्ठ्यारोसँग बोल्ने, हृष्टपुष्ट यी मानिस भने एउटा हातले ठूलो निधार पुछ्दै अर्को हातले मेरा हात तान्दै निजकै ज्यूँदा आँखा चम्काउँदै तुरुन्त नै आमा पुस्तकका कमजोरीहरु बताउन थाले । इपा लादिनजिन्कोभसंग लिएर उनले पाण्डुलिपी नै पढिसकेका रहेछन् । मैले किताब आतुरीमा लेखिएको कुरा बताएँ तर हतारिनुको कारण भन्न भ्याएको थिइन, लेनिनले समर्थन गर्दै टाउको हल्लाउनुभयो र आफैले प्रस्ट पार्नुभयो– हतारिएको अति राम्रो किताब जारी थियो, क्रान्ति आन्दोलनमा कैयौं मजदुरहरुले अचेत रुपमा नै अकस्मात भाग लिएका थिए र अब उनीहरु आमा पढेर निकै फाइदा पाउनेछन् । “अति संयोचित पुस्तक” उहाँले गर्नुभएको यो एक मात्र प्रशंसा भए तापनि मेरा निम्ति औधी मूल्यवान थियो । तत्पश्चात उहाँले कार्यतत्परताका साथ सोध्नुभयो–आमा विदेशी भाषाहरुमा उल्था भइरहेको छ कि छैन, रुसी र अमेरिकी सेन्सरहरुले पुस्तकमा कत्तिको नोक्सान पुर्याए ? लेखकमाथि मुद्दा चलाउने निधो गरिएको छ भन्ने थाहा पाएर उहाँँले पहिले त निधार खुम्च्याउनुभयो तर पछि टाउको उठाएर आँखा चिम्लिनुभयो र एकदमै असाधारण हाँसो हाँस्नुभयो र उहाँको हाँसोले मजदुरहरुलाई तान्यो ।

थाहा भएकै कुरो हो, मानिसलाई सत्रै भन्दा बढी नाटीकुटी गरी उसंग काम गर्ने कर्मचारीहरु जाँच्दछन् तर लेनिनका मोटर चालक, भुक्तभोगी मानि गील भन्छन् । “लेनिन विशेष किसिमका हुनुहुन्छ । यस्ता मानिस छैनन् । म्यास्नीत्स्काया सडकमा मोटर गइरहेका थियौं, बडो तन्मयताका साथ मोटर चलाईरहेको थिएँ, मोटर बिगरिदिन्छन् कि भन्ने डर थियो, संकेत घण्टी दिन्थे, आत्तिरहेको थिएँ । उहाँले ढोका खोल्नुभयो, लड्ने डर हुँदाहुँदै पनि मोटर पाउदान हुँदै उहाँ मेरो आसनसम्म आइपुग्नुभयो र अनुरोध गर्न थाल्नुभयो “गील, नआत्तिनुुुस्, सबै जसरी हिडिरहेछन्, त्यही चालमा हाँक्नुस् ।” म पुरानो ड्राइभर हुँ, मलाई थाहा छ–“यस्तो कसैले पनि गर्दैन ।”
उहाँमा परेका सप्पै छापहरु एउटै प्रवाहमा मिसिनाले त्यो स्वभाविकता र लचिलोपना यहाँ प्रस्तुत गर्नु चित्रण गर्नु गाह्रो छ । दिशासूचक यन्त्रको सूइँजस्तो उहाँको सोचाइको चुच्चो जहिले पनि कामदार जनताको वर्गीय हिततिर फर्किएको हुन्थ्यो ।

अनि भ्लादिमिर इल्विच छिटो छिटो मञ्चमा उग्लनुभयो, सही उच्चारण गर्न नसक्ने छाँटले पहिलो शब्द तावारिसी (साथीहरु) भन्नुभयो । उहाँले राम्रोसंग बोल्न सक्नुहुँदो रहेनछ भन्ने मलाई लाग्यो तर एक मिनेटपछि नै म पनि अरुसंग उहाँको भाषणमा दत्तचित्त हुन पुगे । राजनीतिका जटिल बिषयहरुबारे यस्तो सरल किसिमले बोल्न सकिँदोरहेछ भन्ने कुरा म पहिलो पटक लेख्दै थिएँ र उहाँ सुन्दर सुन्दर वाक्य रच्ने प्रयास गरिररहनु भएको थिएन तर प्रत्येक शब्दलाई, उसको ठीक ठीक अर्थलाई छङ्ल्याएर अगाडी राखिदिनुभयो । उहाँको बोली असाधारण प्रभावलाई यहाँ व्यक्त गर्नु त्यति सजिलो छैन । प्रभावलाई यहाँ व्यक्त गर्नु त्यति सजिलो छैन । उहाँको हात अगाडी बढेको र हत्केला अतिकति माथि फर्केको थियो ।

मानौं ऊ त्यसको प्रत्येक शब्द जोडिरहेको थियो । उदारवादी पूँजीवादीका पछि हैन, संगसंगै पनि होइन, आफ्नो बाटोबाट हिड्ने कामदारहरुको अधिकार र कर्तव्यलाई प्रमाणित गर्दै घतलाग्दो तरिकाले विरोधीहरुको भनाईलाई पन्छाइरहेको थियो । यो सब एकदम असाधारण थियो र उहाँ, लेनिन आफ्नो तर्फबाट होइन, इतिहासको आदेश अनुसार बोलिरहनुभएको छ भन्ने लाग्दथ्यो । उहाँको वक्तब्यको ऐक्यबद्धता, पूर्णता, सोझोपना र शक्ति तथा मञ्चमा उभिनुभएका स्वयं उहाँ–दुरुस्त शास्त्रीय कलाका कृति हुनुहुन्थ्यो ः सब कुरा छ, कुनै पनि नचाहिँदो अलङ्कार छैन, कतै भएको खण्डमा पनि देखिदैन, अनुहारमा दुई आँखा, हातमा पाँचऔला जत्तिकै त्यो स्वभाविक लाग्दछ ।

समयको ख्यालले उहाँले पूर्ववक्ता भन्दा कम बोल्नुभएको थियो, उहाँको दृष्टिले भने म निकै बढी । म एकजनालाई मात्र यस्तो लागेको होइन । मेरो पछाडी बस्नेहरु पनि आश्चर्य चकित भएर कानेखुशी गर्दथे । “बेजोड वक्तव्य..” हुन पनि हो, उहाँको प्रत्येक तर्क त्यसमा निहित शक्तिले गर्दा त्यमा आफै छर्लङ्ग हुन्थ्यो ।

मेन्सेभिकहरुले निःसङ्कोच रुपले देखाईरहेका थिए र लेनिनको भाषण उनीहरुलाई कति पनि म परेको छैन र स्वयं उहाँलाई त उनीहरु अझ बढी रुचाउँदैनन् । व्यवहारलाई चारैतिरबाट नाँच्नका लागि पार्टी क्रान्तिकारी सिद्धान्तको माथिल्लो स्तरमा उकाल्नुपर्ने भन्ने कुरा लेनिन जति घतलाग्दो पाराले प्रमाणित गर्नुहुन्थ्यो, उत्ति नै क्रोधपूर्ण आवाजहरु उहाँको भाषणमा बाधा दिन तम्सन्थे ।
महाधिवेशन दर्शनशास्त्रको मञ्च होइन, पढाउनै पर्दैन, हामी स्कुले ठिटा होइनौं, अग्लो बसेको जस्तो अनुहार भएको दारीवाला विशेष कोसिस गरिरहेको थियो, बेन्चबाट उठेर भक्भकाउँदै भन्दथ्योः ष–षड्–यन्त्र….ष–षड्यन्त्र हुँदै । ब–ब्लाकिन्याहरु ।” रोजा लम्बजेवर्ग ध्यानसंग सुन्दै टाउको हल्लारहेकी थिइन् । उनले एकै बैठकमा मेन्सेभिकहरुलाई बडो राम्रोसंग जवाफ दिईन् “तपाईहरु माक्र्सवादमा उभिनु भएको छैन, वस्नुभएको छ, अझ त्यसै सुन्नुभएको छ ।”

अधैर्य, व्यङग्ग, घृणाको रिसाहा बतास बैठक कोठाभरि रिङरिङ्ती घुमिरहेको थियो, सयौं आँखा भिन्दाभिन्दै रुपमा लेनिनको आकृतिलाई उजिल्याइरहेको थिए । उहाँ शत्रुतापूर्ण विरोधले औताउनुभएको देखिनुहुन्थ्यो । उहाँको बोलाई जल्दोबल्दो तरसारपूर्ण शान्त थियो, केही दिनपछि मात्र मलाई थाहा थियो, यस्तो शान्त बोलाइका लागि उहाँले कति मििहने गर्नुपरेको थियो । किन दुःख र आश्चयै लागेर आउँथ्यो भने उहाँप्रति शत्रुतापूर्ण धारणा अपनाइनुको कारण एउटा साधारण स्वभाविक विचार मात्र थियो । सिद्धान्तको उचाईबाट मात्र पार्टीले झै–झगडाको कारण बुझन् सक्दछ । मलाई के प्रभाव पर्यो भने महाधिवेशनको प्रत्येक दिनले भ्लादिमिर इल्विचलाई नयाँ नयाँ बल दिन्छ, उहाँलाई हँसिलो र दरिलो पार्दछ । दिनानुदिन उहाँका भाषणहरु झन् झन् दृढ हुँदै जान्थे । र महाधिवेशनमा भाग लिएका सबै बोल्सेभिकहरु दरिला, कडा हुँदै थिए । उहाँका भाषण बाहेक मलाई मेन्सेभिक विरुद्धको राजा लक्जेम्वर्गको भाषणले पनि झण्डै त्यतिकै उमङ्गित तुल्यायो ।

फुर्सदको क्षण लेनिन कामदारहरुको माझमा देखिनुहुन्थ्यो । स–साना घरायसी कुरा समेत उनीहरुलाई सोध्नुहुन्थ्यो । अँ ! स्वास्नी मानिसहरुको के खबर छ ? घर व्यवहारले डुबाइसक्यो ? तैपनि पढ्छन् ? लेनिनले पहिलोपटक देखेका केही मजदुरहरुका बीच उहाँको चालचलन र व्यवहारबारे हाइटपार्कमा कुरा चल्यो । एकजनाले असर पर्दो पाराले भन्यो ।

“मलाई थाहा छैन, यहाँ युरोपमा मजदुरहरुको त्यस्तै बुद्धिमान मान्छे हुन सक्ला, बेबेल अथवा अरु कोही तर यो मानिसलाई जस्तै तुरुन्तै मन पराइने अरु कुनै मानिस होला भनी पत्याउन सक्दिनँ” अर्को मजदुरले भन्यो “यो हाम्रो हो ।” उसको कुरा काट्दै अर्कोले भन्यो “प्लेखानोभ पनि हाम्रो ।” मैले बडो घत लाग्दो उत्तर सुने “प्लेखानोभ हाम्रा गुरु हुन्, हाम्रा सहायक हुन्, लेनिन हाम्रा नेता र साथी हुन् ।”
एउटा घटना । रेस्टुराँ गइरहेको बेला भ्लादिमिर इल्विचलाई एकजना मेन्सेभिक मजदुरले बाटोमा केही कुरा सोध्न रोक्यो । लेनिनले आफ्नो हिँडाई घिमा पार्नुभयो, अरु साथीहरु पनि अगाडी बढे । पाँच मिनेटपछि रेस्टुराँ आएर निधार खुम्च्याउँदै उहाँले भन्नुभयो– “गजबको कुरा, यस्तो अबोध तन्नेरी पार्टीको महाधिवेशमा आइपुग्यो । मलाई सोध्यो मतभेदको वास्तविक कारण के हो ? हेर न, मैले भने, तिम्रा साथीहरु संसदमा विराजमान हुन चाहन्छन् तर हामीलाई विश्वास अर्कै के कुरामा छ भने मजदुरहरुले घमासानको लागि तयारी गर्नुपर्छ । बुझयो जस्तो छ…।”

केही साथीहरुले जमातमा सधै त्यागी सानो सस्तो रेस्टुराँमा हामीले खाना खान्थ्यौं भ्लादिमिर इल्विच एकदम खानुहुन्थ्यो भन्ने कुरा मेरो आँखाबाट लुकेन दई–तीनवटा फुलको अम्लेट सानो टुक्रा चिसो मासु, एक कचौरा बाक्लो कालो जाँड । उहाँ आफुबारे हेलचक्रायाइँ गर्नुहुन्छ भन्ने कुरा स्पष्ट देखिन्थ्यो तर मजदुहरुबारे ठूलो चासोले मलाई अचम्मित पाथ्र्यो ।
“तपाईलाई कस्तो लाग्छ, साथीहरु आधा पेट मात्र त खाँदैनन् ? अघाउँछन् ? म्ह, म्ह कि सैण्डविच थप्नुपर्ला ?”
“त्यो तपाई के गरिराख्नुभएको ? “हेदैछु, तन्ना ओसिएको छ छैनन् भनेर ।” मैले उत्तिखेरै बुझन् सकिनँ, लण्डनमा कस्ता–कस्ता, कस्ता तन्न हुन्छ भन्ने उहाँलाई किन चाहिएको हो ? अलि म जिल्ल परेको देखेर उहाँले प्रष्ट भन्नुभयो, –“तपाईले आफ्नो स्वास्थ्यका हेरविचार गर्न जरुरी छ ।”

सन् १९१८ को शरदमा मैले सोर्मोभवासी मजदुर दिमीत्री पाल्भोभलाई, उनको विचार अनुसार लेनिनको विशिष्ट विलक्षता के हो भनी सोधेँ । “सरलता । सत्य जत्तिकै सरल ।” उहाँले नै राम्रोसंग विचार गरी निर्णय गरिरकेको जसरी उनले भने ।
थाहा भएकै कुरो हो, मानिसलाई सत्रै भन्दा बढी नाटीकुटी गरी उसंग काम गर्ने कर्मचारीहरु जाँच्दछन् तर लेनिनका मोटर चालक, भुक्तभोगी मानि गील भन्छन् । “लेनिन विशेष किसिमका हुनुहुन्छ । यस्ता मानिस छैनन् । म्यास्नीत्स्काया सडकमा मोटर गइरहेका थियौं, बडो तन्मयताका साथ मोटर चलाईरहेको थिएँ, मोटर बिगरिदिन्छन् कि भन्ने डर थियो, संकेत घण्टी दिन्थे, आत्तिरहेको थिएँ । उहाँले ढोका खोल्नुभयो, लड्ने डर हुँदाहुँदै पनि मोटर पाउदान हुँदै उहाँ मेरो आसनसम्म आइपुग्नुभयो र अनुरोध गर्न थाल्नुभयो “गील, नआत्तिनुुुस्, सबै जसरी हिडिरहेछन्, त्यही चालमा हाँक्नुस् ।” म पुरानो ड्राइभर हुँ, मलाई थाहा छ–“यस्तो कसैले पनि गर्दैन ।”
उहाँमा परेका सप्पै छापहरु एउटै प्रवाहमा मिसिनाले त्यो स्वभाविकता र लचिलोपना यहाँ प्रस्तुत गर्नु चित्रण गर्नु गाह्रो छ । दिशासूचक यन्त्रको सूइँजस्तो उहाँको सोचाइको चुच्चो जहिले पनि कामदार जनताको वर्गीय हिततिर फर्किएको हुन्थ्यो ।

भ्लादिमिर इल्चिज लेनिन जस्तो सरुवा हाँसो हाँस्ने मानिस मैले आजसम्म देखेको छैन । अचम्म पनि लागेर आउँथ्यो, महान सामाजिक सङ्कटहरुको अवश्यम्भावितालाई राम्रोसंग बुझ्ने, गहिरोसंग जान्ने पूँजीवादीको संसारको कट्टरविरोधी, त्यसलाई हुनसम्म घृणा गर्ने यस्तो कडा यथार्थवादी मानिस पनि यसरी आँसु आउँदासम्म, पेट दुख्दासम्म केटाकेटी झैं हाँस्न सक्दो रहेछ, यसरी हाँस्ने क्षमताका लागि ठूलो, बलियो आन्तरिक आरोग्यतामा जरुरी हुन जान्छ ।

…उहाँ यस्तो रुसी मानिस हुनुहुन्थ्यो, जो निकै लामो समयसम्म रुस बाहिर बस्यो, जसले आफ्नो देशलाई ध्यान दिएर हेर्यो, टाढाबाट त्यो रमाइलो र चम्किलो देखिन्छ । उहाँले त्यसको सम्भावित शक्तिको सही मूल्याङ्कन गर्नुभयो– जनताको ठूलो प्रतिभा सम्पन्नता, स्पष्ट रुपमा अझै अभिव्यक्त नभएको, उठीन र पट्यारलाग्दो, इतिहासले नबिझाएको तर जता हेर्यो उतै प्रतिभा सम्पन्नता, कल्पनामय रुसी जीवनको अँध्यारो पृष्ठभूमिमा सुनौला तारा झैं चम्किने प्रतिभा ।

यस संसारका महान् सच्चा मानिस भ्लादिमिर लेनिनको मृत्यु भयो । यस मृत्युले ती मानिसको हृदयमा अत्यधिक चोट पुर्यायो जो उहाँलाई चिन्दथे । ठूलो चोट ! तर मृत्युको कालो रेखा यस संसारका आँखामा उहाँको महत्व अझ जोडसंग प्रस्ट गरेको छ–आम विश्वका कामदार जनताका महान नेताको महत्व ।

लेनिनप्रतिको घृणा, उहाँको नामका चारैतिर फैलाइएका फट्याइँ र बद्ख्वाइँ अझ घना भएर आएपनि यस्तो कुनै शक्ति छैन, जसले लेनिनले माथि उठाउनु भएको मशालको उज्यालो रोक्न सकोस्, जुन मशाल बहुलाएको संसारको उकुसमुकुस अँध्यारोमा उठाएको छ ।
फेरि संसारमा यी मानिस जत्तिकै अमर सम्झनाको अधिकारी अरु कोही छैन । भ्लादिमिर लेनिनको मृत्यु भयो । उहाँको बुद्धि र भावनाका उत्तराधिकारीहरु जीवित छन् । जीवित छन् र त्यति सफलतापूर्वक काम गर्दैछन् । जति संसारमा कसैले पनि, कहिल्यै पनि, कहीँ पनि काम गरेनन् ।
(अनु.: निलाम्बर आचार्य)