लडाईं क्रान्ति र प्रतिक्रान्तिवीचको टक्कर हो : बम

(सरकारले घोषणा गरेको प्रदेश र प्रतिनिधिसभाको चुनाव नजिकिदै गर्दा देशभर अवरोध र हमलाका घटना बढेका छन् । एकातर्फ चुनावी प्रचार प्रचार तीव्र रुपमा अगाडी बढिरहेको छ भने अर्कोतर्फ नेकपाले खारेजी अभियान पनि तीव्र बनाउँदै लगेको छ । यही सन्दर्भमा नेकपाका नेता भरत बमसंग रातोपातीले गरेको संक्षिप्त कुराकानी यहाँ प्रस्तुत गरिएको छ) –

चुनाव बहिस्कार र खारेज हाम्रो घोषित नीति हो । पछिल्लो पटक चुनाव खारेजका लागि जे जस्ता घटना भएका छन्, यसले जनताभित्रैबाट चुनाव चाहेका छैनन् भन्ने पुष्टी गर्छ । जनताले केही महिना अगाडि स्थानीय चुनाव हेरे, समस्या जहाँको त्यहीँ रहे । चुनावमात्र समस्याको हल होइन भन्ने कुरा जनताले बुझेका छन् । त्यसकारण पछिल्ला जे जस्ता घटना भएका छन्, ती जनताको चाहनासँग मेल खाएको देखिन्छ ।

राज्यले जनताको न्यूनतम राजनीतिक अधिकार प्रयोग गर्न दिएको छैन । भोट हाल्ने जस्तै नहाल्ने पनि अधिकार हो भन्ने कुरा बुझ्नुपर्छ । राज्य दमनमा आएको छ । यसमा जनताको स्वतफूर्त प्रतिरोध भएको छ । राज्यले जसरी देशभर धरपकड शुरु गरेको छ । जनतालाई आफ्नो अधिकार प्रयोग गर्न दिएको छैन । यसले राज्य फासिवादी दिशातिर अगाडि बढेको देखिन्छ । अहिलेको लोकतन्त्र, गणतन्त्र जनताको पक्षमा छैन । दलाल पुँजीवादी चरित्रको छ । उनीहरुको पक्षमा छ ।

स्थानीय चुनावमा पनि हाम्रा ६०० भन्दा बढी नेता–कार्यकर्ता पक्राउ परे । उनीहरुलाई चुनावमा भाग नलिने अधिकारबाट बञ्चित गर्न खोजियो । जनतालाई जेलमा राखेर कस्तो चुनाव गर्न खोजेको ?

विमानस्थल र सीमामा के के भएको छ, त्यहाँ सुरक्षा थ्रेट देख्दैनन् । दिनदहाडै काठमाडौंमा गोलि चल्छ, त्यहाँ सुरक्षा थ्रेट देख्दैनन् । राजनीतिक अधिकारका कुरा गर्नेहरुलाई सुरक्षा थ्रेट देख्छन्, यो फासिवादी सोच हो ।  दमन बढ्दै जाँदा संघर्ष र प्रतिरोध पनि बढ्छ । हामी मतदानलाई केन्द्रमा राखेर नेपाल बन्द गर्छौं । हाम्रो यो घोषित नीति हो ।

चुनावलाई महाउत्सव भनेका छन् । यो राष्ट्र र जनताको पक्षमा छैन ।  मलाई लाग्छ, अहिले जे जस्ता घटना भएका छन् । यी सवै दमनको अनिवार्य परिणाम हो । जनता जसरी भोट हाल्न पनि सहभागी हुन्छन्, त्यसै गरी भोट नहाल्न पनि पाउँछन् भन्ने बुझ्नुपर्यो । भोट हाल्दा लोकतन्त्रवादी भइने, नहाल्दा नहुँने ! यस्तो पनि हुन्छ ?

अहिलेको लडाईं क्रान्ति र प्रतिक्रान्तिवीचको टक्कर हो । राष्ट्रिय स्वाधिनता र दलालीकरणबीचको लडाईं हो ।
राज्य फासिवादी बाटोमा छ । शासकहरुले राजनीतिक समस्या छ भन्ने सोचेका छैनन् । हामीलाई सुरक्षा थ्रेट मान्छन् ।

विमानस्थल र सीमामा के के भएको छ, त्यहाँ सुरक्षा थ्रेट देख्दैनन् । दिनदहाडै काठमाडौंमा गोलि चल्छ, त्यहाँ सुरक्षा थ्रेट देख्दैनन् । राजनीतिक अधिकारका कुरा गर्नेहरुलाई सुरक्षा थ्रेट देख्छन्, यो फासिवादी सोच हो ।  दमन बढ्दै जाँदा संघर्ष र प्रतिरोध पनि बढ्छ । हामी मतदानलाई केन्द्रमा राखेर नेपाल बन्द गर्छौं । हाम्रो यो घोषित नीति हो ।

-रातोपाती